तपाईँले प्रयोग गर्नुभयो, फेसबुक भएको ‘पोक’ फिचर ?

फेसबुकमा कसैलाई ‘पोक’ गर्नुको अर्थ के हो ? के यसको अर्थ जिस्काएको, सम्झेको भन्ने हुन्छ ? सरल भाषामा बुझ्दा पोकले यी अर्थ समेट्छन् । फेरि अर्को तर्फभन्दा ठ्याक्कै यी मात्र पोकको अर्थ होइनन् । हुन त फेसबुक आफैंले वास्तवमा पोक के हो भनेर बताएको छैन ।

धेरैले पहिलो पटक पोकको अनुभव गरेको विभिन्न अन्तराष्ट्रिय प्रविधि मिडियाले बताएका छन् ।

फेसबुकका साथीले पोक गरेपछि देखिने सूचना

वास्तविक जीवनमा कसैलाई केही भन्न हातले कोट्याउने अनुभव सायद तपाईंसँग हुन सक्छ । पोकको आधारभूत अर्थ यही हो । त्यसका आधारमा फेसबुकको पोकको अर्थ कसैलाई आफूतिर ध्यानाकर्षण गराउनु हो ।
जसरी दैनिक जीवनमा आफूतिर आकर्षण गराउन विभिन्न व्यक्तिले फरक–फरक तरिका अपनाउन सक्छन् । जुन सन्दर्भ अनुसार राम्रो र नराम्रो दुवै हुन सक्छ ।

त्यस्तै पोक गर्ने फिचर आफ्ना साथीसँग मात्र सीमित छ । अर्थात् फेसबुकमा नजोडिएका व्यक्तिलाई पोक गर्न सकिँदैन । यदि तपाईंले कसैलाई पोक गरे उनीहरूहरूले “(तपाईंको नाम) पोक्ड यू’ भन्ने सूचना प्राप्त गर्छन् । त्यसपछि उनीहरूले पोक ब्याक गर्न अथवा बेवास्ता गर्न सक्छन् ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

PHP Code Snippets Powered By : XYZScripts.com