नेपालले दीपेन्द्रको चोटमा जोखिम नलिने

  • नेपाली क्रिकेट टोलीका प्रमुख अलराउण्डर दीपेन्द्रसिंह ऐरीले पछिल्ला तीन खेल खेलेका छैनन् ।
  • दुई साताअघि वेष्टइण्डिजको सेन्ट भिसेन्टमा विनवार्ड्सविरुद्ध तेस्रो टी–२० अभ्यास खेल खेल्नुअघि दीपेन्द्रको खुट्टा मर्केको थियो । अभ्यासको क्रममा खुट्टा मर्केपछि दीपेन्द्रले तेस्रो खेल गुमाएका थिए ।
  • नेपालले टी-२० विश्वकपलाई ध्यानमा राख्दै दीपेन्द्रको चोटमाथि जोखिम नलिने भएको छ । त्यसैले २७ मेमा क्यानडासँग हुने आईसीसीको वार्मअप खेलमा पनि दीपेन्द्रले नखेल्ने लगभग पक्कापक्की छ ।
  • दीपेन्द्र बाहेक नेपालले अन्य खेलाडी ह्युस्टन हरिकेन्ससँग प्लेइङ–११ मा खेल्ने खेलाडी नै खेलाएको थियो । ‘सबै कुरा स्पष्ट छ । वहाँहरुलाई त्यो दबाबमा बलिङ वा ब्याटिङ गराउने काम गरेका छौं । नेदरल्यान्ड्ससँग खेललाई योजना बनाएका छौं’, उनले भने ।
  • विश्वकप १ जुनदेखि २९ सम्म अमेरिका र वेष्टइण्डिजमा सुरु हुँदैछ । नेपाल, दक्षिण अफ्रिका, नेदरल्यान्ड्स श्रीलंका र बंगलादेश छन् । नेपालले डालासमा नेदरल्याड्ससँग ४ जुनमा खेल्दै विश्वकपको सुरुवात गर्नेछ ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

PHP Code Snippets Powered By : XYZScripts.com