- कुनै सानो कुराले ठूलो रुप लिने सम्भावना छ भने त्यस्तो विवादास्पद कुरामा नअल्झिएकै राम्रो हुन्छ ।
- श्रीमान्–श्रीमतीहरु एक–अर्काप्रति ईमान्दार त हुनुपर्छ, यसबाहेक एक–अर्काप्रति समर्पित हुन सक्यो भने सम्बन्ध अझ गाढा बन्दछ ।
- यदि तपाईंहरु दुई जना मध्ये एक जनामा कुनै कुराको कमि–कमजोरी छ भने त्यसलाई मायालु शैलीमा व्यक्त गरेर त्यसलाई हटाउने प्रयास गर्नु पर्छ ।
- श्रीमान् कहिले पनि आफ्नो अफिसको तनावलाई घरमा लगेर पोख्नु हुँदैन । बाहिरको कामलाई घर बाहिर नै छाड्नु राम्रो हुन्छ ।
- कहिलेकाहीँ एक–अर्काको स–साना गल्तीलाई वेवास्ता गर्नु पर्छ । मान्छेबाटै गल्छि हुन्छ भन्ने कुरा बुझ्नु पर्छ । यस्तो व्यवहारले सम्बन्ध राम्रो हुन्छ ।
वैवाहिक जीवन सफल बनाउने शुत्रहरु