अदालतमा विचाराधीन मुद्दामा अभिव्यक्ति दिएपछि विवादमा मुछिएका कलाकार जोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले माफी मागेका छन् । अष्ट्रेलियाबाट सोमबार बिहान भिडियो सन्देश जारी गर्दै उनीहरुले बोलेर गल्ती गरेको स्वीकारेका हुन् ।
हामी ब्रिक्स क्याफेमा बसेर अस्ट्रेलिया आउने विषयमा गम्भीर रूपमा छलफल गर्दै थियौं । त्यही बेला त्योभन्दा गम्भीर विषयमा, अदालतमा विचाराधीन विषयमा थुप्रै पत्रकार बसेर छलफल गर्नु भएको रहेछ,’ श्रेष्ठले भिडियोमा भनेका छन्, ‘एउटा मुडमा बसेको समय अपर्झट बोल्ने प्रस्ताव आयो । हामी पनि के बोल्ने भनेर अक्मकियौं ।
अष्ट्रेलिया उड्नुअघि महजोडीले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउबारे टिप्पणी गरेका थिए । लगत्तै सामाजिक सञ्जाल प्रयोगकर्ता उनीविरुद्ध खनिएका थिए । महजोडी यतिबेला महाजात्रा कार्यक्रमका लागि अष्ट्रेलिया टूरमा छन् ।