हिपहप स्टार निकी मिनाज एम्सटर्डममा पक्राउ परेका छन ।

  • अमेरिकी हिपहप स्टार निकी मिनाज एम्सटर्डमको सिफोल विमानस्थलमा पक्राउ परेकी छन् । ‘पिंक फ्राइडे २’ नामक वर्ल्ड टुरका लागि उनी नेदरल्यान्ड्सबाट बेलायतको म्यानचेस्टर जान लागेकी थिइन् ।
  • लगेजमा गाँजा रहेको भन्दै प्रहरीले विमानस्थलमा पक्राउ गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । प्रहरीले पक्राउ गरेपछि उनले भिडियो खिच्दै आफूलाई प्रहरीको गाडीमा प्रहरी सेलतर्फ लैजान लागेको बताएकी छन् ।
  • त्यसपछि प्रहरी अधिकारीले उनलाई प्रहरी स्टेसनतर्फ लैजान लागिएको बताएका छन् । प्रहरी अधिकारीले उनलाई भिडियो खिच्न रोक्न भनेपछि उनलाई भ्यानभित्र राखिएको थियो ।
  • आफ्नो विश्वव्यापी सांगीतिक टुरअन्तर्गत मिनाजले बेलायतको म्यानचेस्टरमा प्रस्तुति दिने कार्यक्रम थियो । तर पक्राउपछि उनको पूर्वनिर्धारित कन्सर्ट सरेको छ ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

PHP Code Snippets Powered By : XYZScripts.com