- गायन रियालिटी शो ‘भ्वाइस किड्स’को तेस्रो सिजन जेठ ३२ गतेदेखि हिमालय टिभीमा प्रसारण हुने भएको छ । निर्देशक लक्ष्मण पौडेलले नयाँ सिजन यस महिनाको अन्त्यदेखि दर्शकमाझ आउन लागेको बताए ।
- प्रतियोगितामा ४८ जना बालबालिकाले प्रतिस्पर्धा गर्दैछन् । ‘लाखौंबाट हजारौं र हजारौंबाट ४८ जना छनोट भएर प्रतिस्पर्धा गर्दै हुनुहुन्छ,’ निर्देशक पौडेलले अनलाइनखबरसँग भने ।
- ब्लाइन्ड अडिसनसँगै शो प्रसारणको थालनी हुनेछ । यो सँगै द ब्याटल, लाइभ शो, सेमीफाइनल र फिनाले तय छन् । साउन ३२ गते हुने फिनालेमा तेस्रो सिजनले विजेता पाउनेछ ।
भ्वाइस किड्स’को तेस्रो सिजन ३२ जेठदेखि