साधारणतया बिरालोहरू तीन पटक चाखेर चौथो पटकमा मात्रै ढुक्कसँग खान थाल्छन्।
सुतुवा बिरालो औसतमा बिरालोहरू दिनको ७० प्रतिशत समय सुत्छन्।
उनीहरूको पिसाब अल्ट्राभायोलेट (पराबैजनी) किरण मुनि पर्यो भने चम्किन्छ।
घरमा पालिएका सबै बिरालोलाई पाँच मध्ये एक अफ्रिकी जङ्गली बिरालोको अवशेषसँग जोड्न सकिन्छ।
बिरालोले गुलियो स्वाद चाल पाउँदैनन्।
बिरालीको दाहिने पञ्जा र बिरालोको देब्रे पञ्जा बढी सक्रिय हुन्छ।
बिरालीको कठालोमा हड्डी हुँदैन।
विश्वविख्यात वैज्ञानिक आइज्याक न्यूटनले ढोका सहितको बिरालो बस्ने फ्ल्याप आविस्कार गरेको हल्ला छ। तर थाहा भएको समयदेखि नै गोठ तथा घरहरूमा बिरालो बाहिर निस्कनका लागि ढोकाहरू रहेको देखिन्छ।
बिरालोको कपालको लट्टाको प्राविधिक नाम ट्रिकोबिजोर हो। ग्रीक भाषामा ट्रिकको अर्थ कपाल हो।
बिरालीलाई मोली वा महारानी पनि भन्ने गरिन्छ।
बिरालोले समुद्रको पानी पनि पिउन सक्छन्। उनीहरूको मिर्गौलाले केहि जटिल काम गर्छन्, जसले नुनलाई पनि छानिदिन्छन्।
मस्कोस्थित डच दूतावासमा सायामिज प्रजातीको घरपालुवा बिरालोले पर्खालमा चिथोरिरह्यो। थप अनुसन्धानपछि त्यहाँ जासुसहरूले माइक्रोफोन लुकाएर राखेको फेला परेको थियो।
बिरालोका कारण विभिन्न ३३ वटा प्राजातिहरू लोपभएका छन् त्यसमा स्तनधारी प्राणी र चराहरू पनि छन्। उनीहरूलाई उपल्लो १०० अरूलाई जोखिममा पार्ने प्रजातिका रुपमा राखिएको छ।