गुल्मीमा करेन्ट लागेर एक जना युवा घाइते भएका छन् । घाइते हुनेमा अर्घाखाँची जिल्ला छत्रदेव गाउँपालिका–८ नेटाका १६ वर्षीय विजय परियार छन् ।
परियार बिहीबार विहान गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिका–६ नेटाखर्क बस्ने अर्जुन थापाको बारीको ढिकमा रहेको आरु बखडाको फल टिप्ने क्रममाकरेन्ट लागेर घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक शंकर पोखरेलले बताए ।
उपचारको लागि गुल्मी अस्पतालमा सामान्य उपचारपछि थप उपचारको लागि लुम्बिनी मेडिकल कलेज प्रभाष पाल्पा रिफर भएको प्रहरीले जनाएको छ ।