- अत्यधिक गर्मी भएपछि वीरेन्द्रनगर भित्रका विद्यालय आइतबारदेखि बन्द हुने भएका छन् ।
- अत्यधिक गर्मी बढेको भन्दै निजी विद्यालयको छाता सङ्गठन प्याब्सनले जेठ २० गते आइतबारदेखि एक हप्ताका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।
- आज वीरेन्द्रनगरको तापक्रम ४० डिग्री सेल्सियस मापन भएको छ ।
- गर्मीले बालबालिकाको स्वास्थ्यमा असर पर्नसक्ने भन्दै संस्थागत विद्यालय बन्द गर्ने निर्णय भएको प्याब्सन सुर्खेतका अध्यक्ष बेदप्रकाश ढकालले जानकारी दिए ।
- वीरेन्द्रनगर नगरपालिका शिक्षा शाखा प्रमुख धीरेन्द्र शर्मा लम्सालले गर्मी अत्यधिक बढेको भन्दै नगरभित्रका विद्यालय बन्द गर्ने तयारी गरिएको जानकारी दिए ।
वीरेन्द्रनगरमा गर्मी बढेपछि विद्यालय बन्द