- पाली बजारमा अनरको पछिल्लो स्मार्टफोन सिरिज अनर २०० भित्रिने भएको छ । हालै चीनमा सार्वजनिक भएको यो सिरिज चाँडै नै नेपाली उपभोक्तामाझ आउन लागेको हो ।
- सिरिज अन्तर्गत अनर २०० लाइट, अनर २०० र अनर २०० प्रो गरी तीन मोडेल रहेका छन् । नेपाली बजारमा कुन कुन मोडेल उपलब्ध हुन्छ भन्ने विषयमा कम्पनीले जानकारी दिइसकेको छैन ।
- यी फोन एन्ड्रोइड १४ मा आधारित म्याजिक ओएस ८.० मा चल्छन् । अनरको नेपालस्थित आधिकारिक वितरक सेल्ट्रोनका अनुसार यो सिरिजका फोन ८ जीबी र्याम तथा १२८ स्टोरेजदेखि १६ जीबी र्याम तथा ५१२ जीबी स्टोरेज भेरियन्टमा उपलब्ध हुनेछन् । कम्पनीले फोनको मूल्य र सार्वजनिक हुने मिति भने खुलाएको छैन ।
अनर २०० सिरिज नेपाली बजारमा आउँदै