Skip to content
- टी-२० विश्वकप-२०२४ को आफ्नो पहिलो खेलमा अष्ट्रेलियाले ओमानलाई १६५ रनको लक्ष्य दिएको छ ।
- बारबाडोसको ब्रिजटाउन मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले ५ विकेट गुमाएर १६४ रन बनाएको हो ।
- अष्ट्रेलियाका लागि स्टोनिसले आक्रामक खेल्दै ६ छक्का र दुई चौका मद्दतमा ६६ रनमा अविजित रहे । ओपनर वार्नरले एक छक्का र ६ चौका मद्दतमा ५६ रनमा आउट भए ।
- अन्य ब्याटर मिचेल मर्सले १४, ट्रभिस हेठले १२ र टिम डेभिडले १० रन बनाए भने ग्लेन मेक्सवेल शून्य रनमै आउट भए ।
- ओमानका मेहरन खानले दुई तथा बिलाल खान र कलीमुल्लाहले एक/एक विकेट लिए ।