गायिका अस्मिता अधिकारी र गायक महेश काफ्लेले इन्गेजमेन्ट गरे

  • गायिका अस्मिता अधिकारी र गायक महेश काफ्लेले इन्गेजमेन्ट गरेका छन् । उनीहरुले यूएईको दुबई पुगेर इन्गेजमेन्ट गरेका हुन् । उनीहरु लामो समयदेखि प्रेमसम्बन्धमा रहेको चर्चा थियो ।
  • अस्मिताले सामाजिक सञ्जालमा तस्वीर पोस्ट गर्दै आफूहरुले जीवनको सहयात्रा सुरु गरेको जानकारी दिएकी छन् । ‘दुई आत्मा, एक मुटु, सधैं सँगै,’ उनले लेखेकी छन् । तस्वीरमा बुर्ज खलिफा अगाडि महेशले अस्मितालाई इन्गेजमेन्ट औंठी लगाइदिंदै गरेको देखिन्छ । तस्वीरमा उनीहरु रोमान्टिक मुद्रामा छन् ।
  • अस्मिता पछिल्लो समयकी सर्वाधिक व्यस्त गायिका हुन् भने महेश पनि सांगीतिक क्षेत्रका सक्रिय कलाकार हुन् ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

PHP Code Snippets Powered By : XYZScripts.com