- ‘छक्कापञ्जा ५’को छायांकन आजदेखि सुरु हुँदैछ । निर्माताले बिहीवार टीजर पोस्टर सार्वजनिक गर्दै फिल्मको प्रदर्शन मिति समेत घोषणा गरेका छन् ।
- जसअनुसार यो फिल्म दशैं छेकोमा असोज २४ गते फूलपातिमा रिलिज हुनेछ ।
- पोस्टर हेर्दा दीपक र वर्षालाई जोडीको रुपमा हेर्न सकिन्छ ।अन्य कलाकारबारे खुलाइएको छैन ।
- काभ्रेको पाँचखाल क्षेत्र, पनौति, पोखरा आसपासमा ४५ दिनसम्म फिल्मको छायांकन हुनेछ । यो फिल्म दीपकको आमा सरस्वती मूभिज र आइएमईको प्रस्तुतिमा बन्न लागेको हो ।
‘छक्कापञ्जा ५’को छायांकन आजदेखि