- सुनको भाउले फेरि दैनिक नयाँ रेकर्ड बनाउन थालेको छ । बुधबार प्रतितोला १ लाख ४२ हजार २ सय रुपैयाँ रहेको सुन बिहीबार १८ सय बढेपछि पुरानो रेकर्ड ब्रेक गर्दै १ लाख ४४ हजार रुपैयाँ कायम भयो ।
- शुक्रबार फेरि १ हजार रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन १ लाख ४५ हजार रुपैयाँमा सुनको कारोबार भएको छ । यो मूल्य हालसम्मकै उच्च हो ।
- मुख्यतः बजेटमार्फत भन्सार दर ५ प्रतिशत विन्दु बढेपछि नेपाली बजारमा सुनको मूल्यमा रेकर्ड बन्न थालेको हो ।
सुनको भाउले फेरि दैनिक नयाँ रेकर्ड बनाउदै