नयाँ पासवर्ड मेनेजर एप ल्याउँदै एप्पल

  • पासवर्ड र पासकी व्यवस्थापनका लागि एप्पलले आफ्नै एप ल्याउने भएको छ । प्रयोगकर्ताको लगइन विवरण सुरक्षित तरिकाले व्यवस्थापन गर्न कम्पनीले ‘पासवर्ड्स’ नामक एप ल्याउन ल्याउन लागेको हो ।
  • सञ्चार संस्था ब्लुमबर्गका अनुसार यस एप आईओएस १८, आईप्याड ओएस १८ र म्याक ओएस १५ अन्तर्गत आउने छ ।
  • बाहिरिएका खबर अनुसार ‘पासवर्ड्स’ एप आईक्लाउड किचेन (iCloud Keychain) ले सञ्चालन गर्नेछ । ​आईक्लाउड किचेन फरक-फरक डिभाइसमा पासवर्ड र अकाउन्ट सिन्क गर्न प्रयोग गरिँदै आएको एप्पल सर्भिस हो ।
  • अन्य पासवर्ड म्यानेजर सरह एप्पलको नयाँ एपले पासवर्ड जेनेरेट गर्ने तथा सेभ गर्ने बताइएको छ । यसका साथै एपमा युजरनेम र पासवर्ड अटोफिल हुने जस्ता फिचर समावेश गरिने जनाइएको छ ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

PHP Code Snippets Powered By : XYZScripts.com