- १८ औं संस्करणकाे अमेरिकन आइडलका उपविजेता दिवेश पोखरेल उर्फ अर्थर गनको फेसबुक पेज ह्याक भएको छ । नेपाली मुलका चर्चित गायक पोखरेलको दुई लाख बढी लाइक भएको फेसबुक पेज हालै ह्याक भएको हो ।
- ह्याक भएको उक्त पेजको स्टोरीमा अश्लील फोटो र लिङ्क राखिएको छ । प्रयोगकर्ताले उक्त लिङ्क क्लिक गर्ने हो भने लिङ्क रिडाइरेक्ट भएर वनएक्सबेट नेपालको साइटमा जान्छ ।
- हुन त उक्त लिङ्क वनएक्स बेटलाई नै लक्षित गरेर राखिएको भने होइन । यस्ता लिङ्कलाई ‘एड्स रिडाइरेक्ट’ भन्ने गरिन्छ ।
- पेज ह्याक भए पनि पोखरेलले हालसम्म यसबारे कुनै प्रतिक्रिया दिएका छन् वा छैनन् भन्ने स्पष्ट छैन । यो फेसबुक पेज भेरिफाइड छैन । जबकि फेसबुक पेज बाहेक उनका अन्य प्रायः सबै सामाजिक सञ्जालका अकाउन्ट भेरिफाइड छन् ।
- त्यसैले यो पेज नक्कली हो कि भन्ने लाग्न सक्छ । तर, पोखरेलको आधिकारिक इन्स्टाग्राम अकाउन्टमा लिङ्कट्रीको लिङ्क राखिएको छ । सामान्यतः धेरै लिङ्कहरू एउटै प्लेटफर्मबाट देखाउनु पर्यो भने लिङ्कट्री प्रयोग गर्ने गरिन्छ ।
अमेरिकन आइडल उपविजेता अर्थर गनको फेसबुक ह्याक