- इजरायलको उत्तरी क्षेत्रमा लेबनानको भूमिबाट हिजबुल्लाहले रकेट आक्रमण गरेको छ । आक्रमणबाट भएको क्षतिको जानकारी भने सार्वजनिक भएको छैन ।
- इजरायलले मंगलबार लेबनानको भूमिमा आक्रमण गर्दा हिजबुल्लाहका एक कमाण्डर अब्दुल्लाह तालेब मारिएका थिए ।
- उनी इजरायल र हिजबुल्लाहबीच भएको आक्रमणबाट मारिएका हालसम्मका सबैभन्दा उच्च कमाण्डर भएको बीबीसीले जनाएको छ ।
- हिजबुल्लाहले इजरायलका सैन्य इलाका र सैन्य बाहन बनाउने फ्याक्ट्रीलाई निशाना बनाइएको जनाएको छ । आक्रमणका कारण इजरायलका विभिन्न स्थानमा आगलागी भएको छ । आकाशमा अग्नि नियन्त्रक विमानहरु उडेको देखिन्छ ।
- बीबीसीका अनुसार लेबनानको भूमिबाट इजरायलमा बुधबार रकेटको वर्षा भएको थियो ।
इजरायलको उत्तरी क्षेत्रमा लेबनानको भूमिबाट रकेट आक्रमण