टी-२० विश्वकप : वेष्टइन्डिजको लगातार दोस्रो जित

  • टी-२० विश्वकप-२०२४ मा वेष्टइन्डिजले युगान्डालाई फराकिलो अन्तरले पराजित गर्दै लगातार दोस्रो जित हासिल गरेको छ ।
  • प्रोविडेन्समा आज बिहान भएको खेलमा वेष्टइन्डिजले युगान्डालाई सस्तैमा समेट्दै १३४ रनले पराजित गरेको हो ।
  • वेष्टइन्डिजले दिएको १७४ रनको लक्ष्य पछ्याएको युगान्डा १२ ओभरमा मात्र ३९ रन बनाएर अलआउट भयो ।
  • युगान्डाका जुमा मियागीले अविजित १३ रन बनाउनुबाहेक अन्य कसैले पनि दोहोरो अंक जोड्ने मौका नै पाएनन् ।
  • वेष्टइन्डिजले पहिलो खेलमा पपुवा न्यूगिनीलाई पराजित गरेको थियो भने अफगानिस्तानसँग पराजित भएको युगान्डाले अर्को खेलमा पपुवान्यूगिनीलाई नै पराजित गरेको थियो ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

PHP Code Snippets Powered By : XYZScripts.com