नवाजुद्दिन सिद्दिकी ‘शाम्बाला’को प्रिमियरमा सहभागी हुन काठमाडौं आउँदै

  • बर्लिन फिल्म फेस्टिभलमा इतिहास रचेपछि मीनबहादुर भाम निर्देशित ‘शाम्बाला’ नेपालमा थिएट्रिकल रिलिज हुँदैछ । यो फिल्मलाई सेप्टेम्बर मध्यतिर नेपालमा रिलिज गर्ने तयारी छ ।
  • नेपाल रिलिजपछि फिल्मलाई अन्तर्राष्ट्रिय बजारमा रिलिज गरिने निर्देशक भामले अनलाइनखबरलाई जानकारी दिए । रोचक के छ भने ‘शाम्बाला’को नेपाल प्रिमियरमा प्रसिद्ध भारतीय अभिनेता नवाजुद्दिन सिद्दिकीले सहभागिता जनाउने पक्का भएको छ ।
  • निर्देशक भामले अभिनेता सिद्दिकी प्रिमियरमा सहभागी जनाउन नेपाल आउन लागेको जानकारी दिए ।
  • ‘सिद्दिकी आउने कन्फर्म हो,’ भामले भने । ‘शाम्बाला’लाई नेपालमा एप्पल इन्टरटेनमेन्टले रिलिज गर्दैछ ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

PHP Code Snippets Powered By : XYZScripts.com