- चिनियाँ मोबाइल निर्माता भिभोले आफ्नो नयाँ स्मार्टफोन ‘भिभो वाई १८’ सार्वजनिक गरेको छ । कम्पनीले डिजाइन, पर्फर्मेन्स र क्यामेरामा केन्द्रित बजेट फोनको रूपमा यो मोबाइल नेपाली बजारमा भित्र्याएको हो ।
- मोका ब्राउन र वेभ एक्वा गरी दुई रङ्गमा उपलब्ध यो फोन २.५ डी कर्भ्ड डिजाइनमा बनेको छ । यसमा ६+६ जीबी एक्सटेन्डेड र्याम तथा १२८ जीबी स्टोरेज रहेको छ । जसले मल्टी टास्किङलाई सजिलो बनाउनुका साथै एप, फाइल, र मल्टिमिडियाका लागि पुग्दो स्टोरेज उपलब्ध गराउँछ ।
- ७ हजार ९९९ रुपैयाँ मूल्यमा नेपाली बजारमा उपलब्ध भएको भिभो वाई १८ भोलि अर्थात् २८ जेठ २०८१ देखि नेपालभरका सबै रिटेल स्टोरहरूमा र दराज अनलाइनमार्फत खरिद गर्न सकिनेछ ।