- गुगलले Google जस्तै लाग्ने अन्य कैयौँ डोमेन समेत सिर्जना गरेको छ जस्तै Google.com, Gogle.com, Googlr.com त्यस्तै 466453.com, नाम डोमेनको स्वामित्व पनि गुगलकै छ ।
- गुगल सर्च इन्जिन विश्वमा सबैभन्दा बढि प्रयोग गरिने सर्च इन्जिन हो । गुगल सर्चमा एक सेकेण्डमा २० लाख भन्दा बढि कुरा खोजी गरिन्छन् ।
- गुगलका संस्थापक ल्यारी पेज र सेर्गेइ बि्रनले गुगलको पहिलो डुडल बनाएका थिए, सन् १९९८ मा । नेभादा मरुभूमिमा आयोजित बर्निङ म्यान महोत्सवमा गएका बेला उनीहरुले गुगलको टोली केही दिनको लागि कहाँ रहेको छ भन्ने कुरा अरुलाई जानकारी गराउनका लागि बर्निङ म्यान पर्वलाई जनाउने लोगो समावेश गरी पहिलो डुडल बनाएका थिए ।
- गुगलको आम्दानीको अधिकांस हिस्सा यसको अनलाइन विज्ञापनबाट आउने गर्छ । सन् २०१३ मा गुगलले जम्मा गरेको ५५ अर्ब ५० करोड डलर राजश्वमध्ये ९१ प्रतिशत विज्ञापन सेवाबाटै जम्मा भएको हो ।
- गुगल सर्चमा राखिएका सामाग्रीको सूचिका डाटाको आयतन १० करोड गिगाबाइट छ । अर्थात् गुगल सर्च इन्डेक्सका सबै डाटा पेन ड्राइभमा राख्न चाहनुहुन्छ भने १ टेराबाइट क्षमतामा १ लाखवटा पेनड्राइभ आवश्यक पर्छन् ।
- गुगल नै एकमात्र त्यस्तो इन्टरनेट साइट हो जसले आफ्ना प्रयोगकर्ताले यो साइटमा बिताउने समय घटाउने मुख्य लक्ष्य राखेको छ ।
- गुगलले आफ्नो स्टि्रट भ्यू नक्शाको लागि ५० लाख माइल सडकको तस्वीर खिचिसकेको छ ।
- गुगलले यो वर्ष नै विभिन्न २४ वटा कम्पनी खरीद गर्यो । यो हिसाबबाट हेर्दा गुगलले महिनामा सरदर ३ वटा प्रबिधि कम्पनीलाई आफुमा विलय गराउने गरेको छ ।
- गुगलको भिडियो सेवा यु ट्युव पनि निकै चर्चित छ । तथ्यांक अनुसार विश्वमा हरेक महिना ६ अर्ब घण्टा यु ट्युवमा भिडियो हेरिन्छ । यो भनेको विश्वमा हरेक मानिसले एक महिनामा झण्डै १ घण्टा यु ट्युबमा भिडियो हेर्ने गर्छ ।