बस र भ्यान ठोक्किंदा एक जनाको मृत्यु

  • कपिलवस्तुमा बस र भ्यान ठोक्किंदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा ८ जना घाइते भएका छन् ।
  • दुर्घटनामा कपिलवस्तुको शिवराज नगरपालिकाका हिरालाल बढईको मृत्यु भएको प्रहरीले जनाएको छ ।
  • काठमाडौंबाट सुर्खेत जाँदै गरेको कर्णाली प्रदेश ०२-००१ ख ०५२५ नम्बरको बस र लु१च ९२८४ नम्बरको भ्यान बुद्धभूमि नगरपालिका झडुलामाईमा एक आपसमा ठोक्किंदा भ्यानमा सवार बढईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक महेन्द्र विक्रम शाहीले बताए ।
  • बसले ठक्कर दिंदा भ्यानमा च्यापिएका बढइको २ घण्टापछि उद्धार गरिएको थियो । उद्धारमा ढिलाइ हुँदा उनको मृत्यु भएको स्थानीयको आरोप छ ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

PHP Code Snippets Powered By : XYZScripts.com