साझा यातायातले २५ ओटा विद्युतीय माइक्रोबस खरिद गर्दै
साझा यातायातले २५ ओटा विद्युतीय माइक्रोबस खरिद गर्ने भएको छ । सोमबार एक सूचना प्रकाशित गर्दै कम्पनीले विद्युतीय माइक्रोबसका लागि टेन्डर आह्वान गरेको हो ।
सूचनामा कम्पनीले २५ ओटा विद्युतीय माइक्रोबस खरिद गरिने उल्लेख छ । साझा यातायातले सार्वजनिक खरिद ऐन र नियमावलीमा तोकिएको राष्ट्रिय प्रतिस्पर्धात्मक बोलपत्र प्रक्रिया अन्तर्गत माइक्रोबस खरिदका लागि टेन्डर दिन आह्वान गरेको जनाएको छ ।
विद्युतीय माइक्रोबसका लागि ३० लाख रुपैयाँ धरौटी रकम राख्नुपर्ने उल्लेख छ ।
योग्य टेन्डरकर्ताले ०१-५४२४६७९ मा सम्पर्क गरेर, info.sajhayatayat@gmail.com मा इमेल पठाएर, bolpatra.gov.np/egp मा गएर वा साझा यातायातको कार्यालयमा गएर थप जानकारी लिन सक्नेछन् ।