मासिक एक हजार रुपैयाँमा फाइबर इन्टरनेट, आईपीटिभी, मोबाइल डेटा र भ्वाइस कलको सुविधा दिंदै टेलिकम

  • नेपाल टेलिकमका ग्राहकले मासिक एक हजार रुपैयाँमा फाइबर इन्टरनेट, आईपीटिभी, मोबाइल डेटा र भ्वाइस कलको सुविधा पाउने भएका छन् । नयाँ इन्टरनेट प्रयोगकर्ताका लागि टेलिकमले प्रति वर्ष १२ हजार रुपैयाँमा यस्तो अफर दिन लागेको हो ।
  • यसअन्तर्गत ५० एमबीपीएसको इन्टरनेट, दैनिक ६०० एमबी मोबाइल डेटा, तीन हजार मिनेट भ्वाइस प्याक पाउन सकिन्छ । आईपीटिभीमा भने १८५ भन्दा बढी टिभी च्यानल उपलब्ध हुने टेलिकमले जनाएको छ ।
  • कम्पनीले यो प्याकेज वार्षिक ग्राहकका लागि उपलब्ध गराउने जनाएको छ । त्यसो हुँदा वार्षिक प्याकेज लिने ग्राहकले मासिक एक हजार रुपैयाँमै सो सुविधा पाउन सक्ने छन् ।
  • यो अफरबाट थप बुझ्न ०१-५९७००१९ फोन गर्न वा sales@nttv.com.np मा इमेल पठाउन सकिनेछ ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

PHP Code Snippets Powered By : XYZScripts.com