भोली म उसलाई भगाएर लानेछु
शिक्षक : राम भन त काल कती प्रकारको हुन्छ ?
राम : ३ प्रकारको सर
शिक्षक : स्याबास , अब तिनै वटाको एउटा एउटा उदाहरण देउ त
राम : सर , मैले हिजो तपाईंको छोरीलाई देखेको थिए , आज म उनिलाई माया गर्छु र भोली म उसलाई भगाएर लानेछु ।
पेपरमा अण्डा दिनु हुन्छ
विद्यार्थी : मिस तपाईं पहिलो जन्ममा कुखुरी हुनु हुन्थ्यो हो ?
मिस : (रिसाउदै), किन र ?
विद्यार्थी : तपाईंले जहिले पनि मलाई टेस्ट पेपरमा अण्डा दिनु हुन्छ त्यसैले ।