- बरहथवा (सर्लाही) । बागमती नगरपालिकास्थित रायमाझी चोकमा आज बिहान भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । केही गम्भीर घाइते भएका छन् ।
- पूर्वपश्चिम राजमार्गस्थित बागमती नगरपालिका-११, रायमाझी चोकमा रोकेर राखेको लरीमा यात्रीबाहक बस ठोक्किंदा रुपन्देहीको मायादेवी गाउँपालिका निवासी हरिबहादुर चौधरी, ८५ वर्षका दशरथ कोहार र ५० वर्षका रामकरण केवटको मृत्यु भएको प्रहरीले जनाएको छ ।
- रुपन्देहीबाट जनकपुरतर्फ आइरहेको बस दुर्घटना भएको हो । बसमा ४० जना सवार रहेका प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएकाहरुको जनकपुर, वीरगञ्ज तथा स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।
सर्लाहीको बागमतीमा बस दुर्घटना