युरोमा रोमानियाको पहिलो जित

  • रोमानियाले युरो २०२४ मा युक्रेनलाई सोमबार ३-० ले पराजित गर्दै सानदार सुरुवात गरेको छ । युरो इतिहासमा रोमानियाले २४ वर्षपछि पहिलो जित निकालेको हो ।
  • कप्तान निकोलस स्टासिउले २९औं मिनेटमा गोल गर्दै रोमानियालाई अग्रता दिलाएका थिए । उनले २० यार्डबाट टप कर्नरमा प्रहार गर्दै उत्कृष्ट गोल गरे ।
  • त्यसपछि राजभान मारिनले ५३औं मिनेटमा गोल गर्दै रोमानियाको अग्रता दोब्बर पारे । त्यसको चार मिनेटपछि नै डेनिस ड्रागुसले गोल गर्दै रोमानियालाई ३-० को अग्रता दिलाए ।
  • समूह ई मा रोमानियाले ३ अंक जोडेको छ ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

PHP Code Snippets Powered By : XYZScripts.com