ल्यापटप छान्ने कार्यमा सहयोग गर्न एप्पलले नयाँ वेबसाइट सार्वजनिक गरे

  • प्रयोगकर्तालाई सुहाउँदो ल्यापटप छान्ने कार्यमा सहयोग गर्न एप्पलले नयाँ वेबसाइट सार्वजनिक गरेको छ । सम्भावित ग्राहकहरूको आवश्यकताहरू पूरा गर्ने ल्यापटप सुझाउन एप्पलले ‘हेल्प मी चुज’ नामक वेबसाइट ल्याएको हो ।
  • यसमा प्रयोगकर्ताले विभिन्न प्रश्नको उत्तर दिनुपर्ने हुन्छ । वेबसाइटमा के कामका लागि म्याक प्रयोग गर्ने, कहाँ प्रयोग गर्ने, कति रकम खर्चिने जस्ता प्रश्न रहेका छन् । सोही प्रश्नका आधारमा एप्पलको एल्गोरिदमले सबैभन्दा उपयुक्त म्याक सुझाउँछ ।  
  • यसले कुन ल्यापटप किन्ने भन्ने अन्यौलता हटाउने बताइएको छ । किनकी सामान्य प्रश्नको उत्तर दिएकै आधारमा वेबसाइटले म्याक सुझाउँछ ।  
  • एप्पलको पर्सनल कम्प्युटर म्याक अन्तर्गत विभिन्न मोडेल रहेका छन्  । जसमध्ये ल्यापटपमा म्याकबुक एयर, म्याक बुक प्रो र डेस्कटप भर्सनमा आईम्याक, म्याक मिनी, म्याक स्टुडियो, म्याक प्रो जस्ता छन् ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

PHP Code Snippets Powered By : XYZScripts.com