सन्नी देओल साउथ फिल्ममा

  • बलिउड अभिनेता सन्नी देओलको पछिल्लो फिल्म ‘गदर २’ ले बक्स अफिसमा हलचल मच्चाएको थियो । हाल उनी ‘लाहोर १९४७’ को छायांकनमा व्यस्त छन् । यो फिल्म सन् २०२५ मा रिलिज हुने योजना छ ।
  • यसैबीच, देओलले साउथ फिल्ममा काम गर्न लागेको खबर आएको छ । अभिनेता आफैंले सामाजिक सञ्जालमार्फत तेलुगू निर्देशक गोपीचन्द मालिनेनीसँग नयाँ फिल्ममा काम गर्न लागेको जानकारी दिएका छन् ।
  • एन्नाउन्समेन्ट पोस्टरसँगै उनले निर्देशकको नाम र फिल्मको विवरण फ्यानसँग सेयर गरेका छन् । त्यसपछि फ्यानहरुको उत्साह हेर्नलायक छ । उनीहरुले फिल्मको प्रतीक्षामा रहेको उल्लेख गरेका छन् । फिल्मको नाममा हाललाई ‘एसडीजीएम’ राखिएको छ । फिल्मको छायांकन सेड्युल र कास्ट एन्ड क्रूको विवरण पनि छिट्टै सार्वजनिक गरिने उल्लेख छ ।
  • सन्नी देओलले हालै आगामी फिल्म ‘बोर्डर २’ को पनि घोषणा गर्दै भिडियो सेयर गरेका थिए ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

PHP Code Snippets Powered By : XYZScripts.com