अर्जेन्टिनाको विजयी सुरुवात

  • लिओनल मेस्सी प्रेरित अर्जेन्टिनाले कोपा अमेरिका कप फुटबलमा विजयी सुरुवात गरेको छ ।
  • शुक्रबार बिहान भएको खेलमा डिफेण्डिङ च्याम्पियन अर्जेन्टिनाले क्यानडालाई २–० गोल अन्तरले हराएको छ । दुबै गोलमा मेस्सीको भूमिका रह्यो ।
  • एटलान्टामा भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । तर दोस्रो हाफको सुरुमै जुलियन अर्भारेजले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाए । मेस्सीले एथेक्सिस म्याक एलिस्टरलाई पास लिएका थिए, अगाडि बढेका क्यानडाका गोलरक्षकलाई उनले बिट गरिदिएपछि अल्भारेजले गोल गरे ।
  • ८८औं मिनेटमा लिओनल मेस्सीको पासमा लाउटारो मार्टिनेजले गोल गर्दै जित सुनिश्चित गरे ।
  • जितसँगै अर्जेन्टिना २ अंकसहित समूह एको शीर्ष स्थानमा छ ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

PHP Code Snippets Powered By : XYZScripts.com