- जेठ महिनामा मात्रै नेपालमा एक लाख ८० हजारभन्दा बढी स्मार्टफाेन भित्रिएका छन् । भन्सार विभागले हालै प्रकाशित गरेकाे आर्थिक वर्ष २०८०/८१ को पछिल्लाे ११ महिनाकाे तथ्याङ्क अनुसार जेठ महिनामा दुई अर्ब ३१ करोड ८६ लाख रुपैयाँ बराबरको विभिन्न ब्राण्डका एक लाख ८१ हजार ४९१ थान स्मार्टफोन भित्रिएका हुन् ।
- यसबाट सरकारले ४३ करोड २४ लाख रुपैयाँ राजस्वसमेत प्राप्त गरेको छ ।
- यसरी चालु आर्थिक वर्षकाे ११ महिना सकिँदासम्म नेपाली बजारमा कुल २६ अर्ब ३३ करोड रुपैयाँ बराबरको १७ लाख १० हजार १३५ थान स्मार्टफोन आयात भएका छन् । यसबाट सरकारले चार अर्ब ९० करोड रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।
जेठ महिनामा नेपाल भित्रिए एक लाख ८१ हजार स्मार्टफोन
 
			 
			 
			