स्मार्टफोन प्रयोग गर्ने विषयलाई उमेरले खासै फरक पारेको देखिन्न । सबै उमेर समूह स्मार्टफोनसँग घुलमिल भएको देख्न सकिन्छ । तर पनि अलि पाका उमेरका प्रयोगकर्ता कसैकाे सहयाेग बिना राम्ररी स्मार्टफोन प्रयोग गर्न सक्दैनन् । किनकि स्मार्टफोन त्यो पुस्ताभन्दा अलि पछि मात्र आएको हो । यद्यपि तपाईंले केही सेटिङ मिलाइदिएर उहाँहरूका लागि स्मार्टफोन चलाउन सजिलाे बनाइदिन सक्नुहुन्छ:
- टेक्स्टको आकार बढाउने
- थर्ड पार्टी लञ्चर प्रयोग गर्ने
- अनावश्यक एप हटाउने
- किबोर्डको आकार बढाउने
- ‘डिरेक्ट डायल’ (Direct Dial) प्रयोग गर्ने