श्रद्धा कपुर र राजकुमार रावको ‘स्त्री २’ टिजर सार्वजनिक

  • सन् २०१८ मा रिलिज भएको श्रद्धा कपुर, राजकुमार राव, पंकज त्रिपाठी, अभिषेक बनर्जी र अपारशक्ति खुराना अभिनित हरर कमेडी फिल्मले बक्स अफिसमा धमाका मच्चाएको थियो । फिल्म हेर्ने हरकोही दर्शकले यसको सिक्वेलको माग गरेका थिए ।
  • निर्माताले त्यसपछि ‘स्त्री २’ को घोषणा गरे । अब मेडोक फिल्म्सले आफ्नो हरर युनिभर्सलाई अगाडि बढाउँदै ‘स्त्री २’ को टिजर सार्वजनिक गरेको छ ।
  • टिजर हेर्दा लाग्छ यो पटक चन्देरीमा ‘स्त्री’को आतंक देख्न पाइने छ । करिब एक मिनेट लामो टिजरले भरपुर सस्पेन्स र डर पैदा गर्छ ।
  • राजकुमार रावले आफ्नो इन्स्टाग्रामबाट टिजर सार्वजनिक गर्दै पोस्ट गरेका छन्, ‘यस पटक चन्देरीमा स्वतन्त्रताका दिन हुनेछ आतंक ।’
  • ‘स्त्री २’ लाई अमर कौशिकले निर्देशन गरेका छन् भने दिनेश विज्ञान निर्माता हुन् । फिल्मलाई आगामी १५ अगस्टमा रिलिज गर्ने तयारी छ ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

PHP Code Snippets Powered By : XYZScripts.com