एन्ड्रोइड फोनमा यसरी परिवर्तन गर्नुहोस् भोइस असिस्टेन्ट

एन्ड्रोइड डिभाइसमा भएको गुगल भोइस असिस्टेन्टले फोनलाई केही हदसम्म भए पनि स्मार्ट बनाउने गरेको छ । यसको प्रयोगमार्फत तपाईंले आवाजका आधारमा नै फोनलाई केही काम गर्न लगाउन सक्नुहुन्छ । 

भोइस असिस्टेन्टमा जेमिनाई राख्ने तरिका

  • गुगल एपमा जानुहोस् । यसका लागि तपाईंले फोनलाई बायाँ स्वाइप गर्ने अथवा सिधै गुगल एप खोल्न सक्नुहुन्छ ।
  • अब बायाँ भागमा भएको प्रोफाइल पिक्चरमा ट्याप गरेर सेटिङमा जानुहोस् ।
  • अलि तल हुँदै जेमिनाईमा ट्याप गर्नुहोस् ।
  • अब त्यहाँ तल दायाँ भागमा ‘स्विच’ को विकल्प दिइएको छ । त्यसमा ट्याप गर्दै गएर ‘स्विच जेमिनाई’मा ट्याप गर्नुहोस् । 
  • यति गरेपछि अब तपाईंको भोइस असिस्टेन्टमा जेमिनाई हुन्छ ।


भोइस असिस्टेन्टमा जेमिनाई हटाउने तरिका

  • गुगल एपमा गएर सेटिङमा जानुहोस् ।
  • भोइस असिस्टेन्टमा ट्याप गर्नुहोस् ।
  • डिजिटल असिस्टेन्ट्स फर्म गुगल’मा ट्याप गर्नुहोस् ।
  • अब जेमिनाई र गुगल असिस्टेन्टमध्ये गुगल असिस्टेन्ट छान्नुहोस् । त्यसो गर्दा नयाँ पप अप मेसेज आउँछ । त्यहाँ ‘स्विच’मा ट्याप गर्नुहोस् ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

PHP Code Snippets Powered By : XYZScripts.com