पेरक कथा (सहनशीलता)

एक पटक मन्दिरको बलेनीमा रहेको ढुङ्गाले मन्दिरभित्र राखिएको ढुङ्गाको मुर्तिलाई सोध्छ ” साथी, साथी, तिमी पनि पहाडबाटै झरेको म
पनि पहाडबाटै झरेको , तिमी पनि ढुङ्गा म पनि ढुङ्गा तर पनि मान्छेहरु तिमीलाई सधैँ पूजा गर्छन् , फूल प्रसाद चढाउँछन् र ढोग्छन् पनि तर मलाई भने किन सधैँ आची कुल्चेका खुट्टाले कुल्चिछन् ??” मन्दिर भित्रको ढुङ्गाको मुर्तिले जवाफ दिन्छ –” हो साथी, हाम्रो जात एउटै , थातथलो पनि एउटै त्यतिमात्र होइन हामी माथि बजारिएको छिनोको चोट पनि एउटै तर जब मानिसले तिमी माथि एक चोट के हिर्काएका थिए तिमी प्याट्ट फुटेर दुई टुक्रा भयौँ त्यसैले तिमीलाई मान्छेले जुत्ता पुछ्ने सिँढी बनाए । हुन त म माथि पनि छिनोको चोट बर्सिएकै हो तर मैले त्यो चोटलाई सहेँ । त्यसैले आज तिमि त्यहाँ छौ म यहाँ छु ।”
त्यसैले मित्रहरु , सबै चोट खानेहरु सफल हुदैनन् , सफल तिनै हुन्छन् जसले चोट खप्न जानेका हुन्छन् ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

PHP Code Snippets Powered By : XYZScripts.com