- भारतले शनिबार राति खेलिएको फाइनलमा दक्षिण अफ्रिकामाथि सात रनको रोमाञ्चक जित हासिल गर्दै उपाधिमाथि कब्जा जमाएको हो । यसअघि भारतले सन् २००७ मा पहिलो संस्करणको उपाधि चुमेको थियो ।
- साविक विजेता इटली युरो २०२४ को अन्तिम १६ बाटै बाहिरिएको छ ।
- नकआउट चरणको पहिलो खेलमै शनिबार राति स्विट्जरल्याण्डसँग २–० ले पराजित भएपछि इटलीको यात्रा अन्तिम १६ बाटै समाप्त भएको हो । स्विट्जरल्याण्ड भने क्वाटरफाइनल पुग्ने पहिलो टिम बनेको हो ।
- त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा शनिबार सम्पन्न पुरुषतर्फको फाइनलमा गण्डकीले लुम्बिनीलाई ३–१ को सेटमा पराजित गर्दै उपाधि जित्न सफल भयो ।
- जर्मनीमा जारी युरोकप २०२४मा चर्चामा आएका खेलाडी हुन् स्पेनका लामिन यामल। उमेरले भर्खरै १६ वर्ष टेकेका उनले मैदानमा जसरी आफ्नो फुटबलको जादु देखाइरहेका छन्, परीक्षा पनि उनी सफल भएका छन् ।
खेलकुद समाचार