प्रेरक भनाइहरु

  • पानीलाई जतिसुकै तातो बनाएपनि केही समयपछि आफ्नो मूल स्वभावमा फर्किएर शीतल हुन्छ । यही प्रकार हामीमा जति क्रोध, भय, अशान्ति भएपनि यसलाई क्षणिक रुपमा मात्र लिनुपर्छ । हाम्रो मूल स्वभाव त हरबखत खुसी र प्रशन्न रहनु हो ।
  • खुट्टामा लागेको चोटले सम्हालिएर हिँड्न सिकाउँछ । मनमा लागेको चोटले समझदारीसाथ जिउन सिकाउँछ ।
  • संसारमा यदि एकदमै राम्रो कुरा सोच्ने हो भने सर्वप्रथम त कुनै खराब कुरा सोच्न बन्द गर ।
  • पहिले मान्छेले सिकाएका थिए, समय बद्लिन्छ । अहिले समयले सिकायो कि, मान्छे पनि बद्लिन्छ ।
  • अवसर र सूर्योदयमा एउटै समानता छ । ढिलो गर्नेलाई यसले पर्खदैन ।
  • ऐना हो जिन्दगी । तिमी मुस्कुराउ, जिन्दगी पनि मुस्कुराउँछ ।
  • खुसी हुनुको अर्थ यो होइन कि तिम्रो सबैकुरा ठीक छ । यसको अर्थ त यो हो कि तिमीले दुःखबाट उठेर जिउन सिक्यौं ।
  • कसैलाई असहज स्थितिमा साथ देउ, हात देउ, हिम्मत देउ, आशा देउ । किनभने खराब स्थिति त केही समयमा गुज्रिएर जान्छ । तर, तिमीले दिएको साथ र हिम्मत उसको जिन्दगीभर रहन्छ ।
  • जो आफैमा खुसी हुन्छन्, उनीहरुको संसार पनि खुसी हुन्छ ।
  • तिमीले आफ्नो भविष्य बदल्न सक्दैनौं तर प्रवृत्ति बदल्न सक्छौं । जब प्रवृत्ति बदल्छौं, भविष्य आफै बद्लिन्छ ।
  • सबैभन्दा तिब्र उही हिँड्छ, जो एक्लै हुन्छ । तर, टाढासम्म उही पुग्छन्, जो सबैलाई साथमा लिएर हिँड्छन् ।
  • क्रोधको बेला केही समय रोक्नुपर्छ । गल्तीको बेला केही झुक्नुपर्छ । संसारको सबै समस्या हल हुन्छ ।
  • सबैलाई त्यही तराजुमा तौलिनुपर्छ, जहाँ हामी आफुलाई तौलने गर्छौं । तब मान्छे त्यती खराब पनि हुँदैनन्, जति हामी सम्झने गर्छौं ।
  • संसारमा सबैकुरा मिल्छ, तर आफ्नो गल्ती मिल्दैन ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

PHP Code Snippets Powered By : XYZScripts.com