रुद्राक्ष सम्बन्धि जानकारी

                    १ देखि १४ मुखेसम्मको रुद्राक्षको स्वरुप तथा महिमा 

१ र १४ मुखे रुद्राक्ष साक्षात् भगवान् शिवको स्वरुप हो । २ मुखे रुद्राक्ष शिवशक्तिको स्वरुप हो । ३ मुखे रुद्राक्ष ब्रम्हा, विष्णु तथा महेश्वरको स्वरुप हो । ४ मुखे रुद्राक्ष ब्रम्हाको स्वरुप हो । ५ मुखे रुद्राक्ष परमेश्वरको स्वरुप हो । ६ मुखे रुद्राक्षस्वामी कार्तिकेयको स्वरुप हो । ७ मुखे रुद्राक्ष लक्ष्मीको स्वरुप हो । ८ मुखे रुद्राक्ष गणेशजीको स्वरुप हो । ९ मुखे रुद्राक्ष नवदुर्गाको स्वरुप हो । १० मुखे रुद्राक्ष एकादश रुद्रको स्वरुप हो । १२ मुखे रुद्राक्ष सूर्यको स्वरुप हो । १३ मुखे रुद्राक्ष देवराज इन्द्रको स्वरुप हो ।

कुन राशिको मान्छेले कति मुखे रुद्राक्ष लगाउने या नलगाउने
१) मेष, सिंह र वृशिचक राशिका मान्छेले ३ मुखे रुद्राक्ष नलगाउन् अरु जतिसुकै मुखे रुद्राक्ष लगाउन सक्छन् ।
२) मिथुन र मकर राशिका मान्छेले ५ मुखे रुद्राक्ष नलगाउन्, अरु जतिसुकै मुखे रुद्राक्ष लगाउन सक्छन् ।
३) कन्या राशिका मान्छेले ६ मुखे तथा कुम्भ राशिकाले ७ मूखे रुद्राक्ष लगाउँदा राम्रो ।
४) वृष, कर्कट, तुला, धनु तथा मीन राशिका मान्छेले जतिसुकै मुखे रुद्राक्ष लगाउन सक्छन् ।

                      

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

PHP Code Snippets Powered By : XYZScripts.com