आईओएस १८ घोषणा

  • एप्पलले आफ्नो वार्षिक डेभलपर कन्फ्रेन्स (डब्लूडब्लूडीसी) २०२४ मा आईओएस १८ को घोषणा गरेको छ । एप्पलले आईफोन अपरेटिङ सिस्टमको नयाँ भर्सनको घोषणा गरेको हो ।
  • यस भर्सनमा एप्पलले एआईका नयाँ फिचर ल्याउने तथा विभिन्न फिचरहरू थपिने जनाएको छ । अहिले यसको बेटा भर्सन उपलब्ध छ ।
  • आईओएसको नयाँ भर्सनमा पुन: डिजाइन गरिएको होमस्क्रिन, कस्टमाइज गर्न सकिने कन्ट्रोल सेन्टर, एप लक तथा लुकाउन सकिने तथा स्याटलाइटमार्फत टेक्स्ट मेसेज पठाउन सकिने लगायतका फिचर आउने छन् ।
  • आईओएस १८ मा एप्पलले कस्टमाइजेसन विकल्प दिने भएकाे छ । प्रयोगकर्ताले होमस्क्रिन, लकस्क्रिन र कन्ट्रोल प्यानलमा आफूअनुकूल परिमार्जन गर्न सक्ने एप्पलले जनाएको छ । यससँगै प्रयोगकर्ताले आफ्नो आवश्यकता अनुसार एप र विजेट्सहरूलाई राख्न सक्नेछन् ।
  • एप्पलका अनुसार फोटोज एपमा अहिलेसम्मकै सबैभन्दा धेरै परिमार्जन गरिएको छ । प्रयोगकर्ताले थिम, व्यक्ति, यात्रा आदिका आधारमा प्रयोगकर्ताले फोटो ब्राउज गर्न सक्नेछन् । त्यस्तै आफूलाई मन परेको फोटो पिन गर्न तथा दैनिक मा हाइलाट आउने बताइएको छ ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

PHP Code Snippets Powered By : XYZScripts.com