यो समय भनेको ‘मसंग के छ’ भनेर सोंच्ने समय हैन । ‘मसंग भएका कुरालाई मेरो लक्ष्यमा पुग्न कसरी प्रयोग गर्न सक्छु’ भनेर सोंच्ने समय हो ।सबैजसो कामको सुरुवातको नतीजा राम्रो हुँदैन ।
हामी टुट्छौं, चर्किन्छौँ । त्यसैले त प्रकाश हामी भित्र छिर्न पाउँछ ।
मान्छे टुट्न सक्छ, तर पराजित हुन सक्दैन ।
यदि जीवनको बारेमा लेख्न चाहन्छौ भने, पहिले जीवन बाँचेर अनुभव गर ।
काम गरेर देखाउनु भनेको सबैभन्दा छोटो, राम्रो र प्रभावकारी उत्तर हो ।
अरुलाई माया गर्दा आफ्नो मूल्य बिर्सिनु, आफैलाई माया गर्न बिर्सनु भनेको सबैभन्दा दुखदायी कुरा हो ।
संसारमा हरेक व्यक्ति टुट्छ र धेरै व्यक्तिहरु टुटेर पनि बलियो बन्छन् ।