इन्टरनेट स्पिडमा विश्व रेकर्ड,

 जापानका कम्प्युटर इन्जिनियरले विश्वकै तीव्र गतिको इन्टरनेट स्पिडको नयाँ कीर्तिमान बनाएका छन् । नेसनल इन्स्टिच्युट अफ इन्फरमेसन एन्ड कम्युनिकेसन टेक्नोलोजी (एनआईसीटी)को इन्जिनियर टोलीले प्रतिसेकेन्ड ४० करोड २० लाख एमबीपीएस (४०२ टीबी प्रति सेकेन्ड) इन्टरनेट स्पिडको रेकर्ड कायम गरेको हो ।

अनुसन्धानकर्ताका अनुसार यो स्पिडमा एक सेकेन्डमै साढे १२ हजार एचडी फिल्म डाउनलोड गर्न सकिन्छ । अनुसन्धानकर्ताका अनुसार हामी जति छिटो आँखा झिम्क्याउन सक्छौं, त्यसको तुलनामा यो स्पिड तीन हजार प्रतिशतले बढी हो ।

गत मार्चमा बेलायतका वैज्ञानिकले प्रतिसेकेन्ड ३०१ टीबी (३० करोड १० लाख एमबीपीएस) इन्टरनेट स्पिडको कीर्तिमान राखेका थिए । त्यसको तुलनामा यो नयाँ रेकर्ड २५ प्रतिशतले बढी हो ।

व्यक्तिगत प्रयोजनका लागि यो स्पिडको इन्टरनेट घरमा प्रयोग गर्न भने सकिने छैन । यस्तो इन्टरनेट विभिन्न किसिमका खोज तथा अनुसन्धानका काममा प्रयोगमा आउन सक्ने बताइएको छ ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

PHP Code Snippets Powered By : XYZScripts.com