कछुवा र खरायोको नयाँ कथा

एक पटक खरायो लाई आफ्नो गतिमा घमण्ड भयो र उसले जसलाई भेटे पनि दौडको लागी चुनौती दिने गर्थ्यो ।
कछुवाले उसको चुनौती स्वीकार्यो । दौड भयो । खरायो छिटो दगुर्यो, धेरै टाढा पुगी सके पछाडि फर्केर हेर्छ कछुवा कतै पनि देखिएन ।
उसले आफ्नो मनमा सोच्यो कि कछुवालाई यहाँसम्म पुग्न धेरै समय लाग्छ, त्यतिबेला सम्म म अलि आराम गर्छु, र उ एउटा रूखको मुनि पल्टिन्छ । पल्टिए पछि ऊ कहिले सुति हालेछ थाहा नै पाएन ।

उता कछुवा बिस्तारै तर स्थिररूपमा हिड्दै रह्यो । धेरै समय पछि खरायो निद्रा बाट बिउझ्यो, हेर्छ त कछुवा अन्तिम रेखा मा पुग्न लागेको थियो । खरायो छिटो दगुर्छ, तर त्यतिखेर ढिलो भई सकेको थियो र कछुवाले दौड जित्छ ।
दौड गुमाइसकेपछि खरायो निराश हुन्छ, ऊ आफ्नो पराजयमा चिन्तन गर्छ र उसले महसुस गर्छ कि ऊ अति विश्वस्त भएकोले दौड हारेको हो, उसलाई आफ्नो गन्तव्यमा पुगेपछि मात्र रोकिनु पर्ने थियो । अर्को दिन उसले फेरि कछुवालाई दौडमा चुनौती दियो । कछुवा पहिलो दौड जितेको हुनाले आत्मविश्वासले भरिएको थियो त्यसैले खरायोको चुनौतीलाई तुरुन्त स्वीकार गर्छ । फेरी दौड हुन्छ, यस पटक खरायो आफुलाई कहीं नरोकी गंतव्यमा पुग्छ, र कछुवालाई ठूलो अन्तरले हराउँछ ।

यस पटक कछुवाले सोच विचार गर्न थाल्यो कि यसै प्रकारले दौड़ हुने हो भने त म कहिले पनि जित्न सक्दैन ।
अब चुनौती दिने पालो कछुवाको थियो । उसले खरायोलाई नयाँ दौडमा चुनौती दिन्छ, तर ऊ दौडको मार्ग आफ्नो अनुसार राख्न आग्रह गर्दछ । खरायो तयार हुन्छ ।
दौड सुरु हुन्छ । खरायो चाँडो निश्चित स्थान तिर दौडन्छ, तर बाटोमा एक तीव्र नदी बगिरहेको छ, खरायोले त्यहाँ रोकिनु पर्ने बाध्यता भयो । कछुवा बिस्तारै त्यहाँ सर्दै पुग्छ, आरामसँग नदी पार गर्छ र लक्ष्यमा पुग्छ र दौड जित्छ ।
यति धेरै दौड गरिसकेपछि, अब कछुवा र खरायो राम्रा साथी भई सकेका थिए र एक अर्काको शक्ति र कमजोरीहरू बुझ्न थाली सकेका थिए । दुबैले सँगै मिलेर विचार गरे कि यदि हामी एक अर्कालाई समर्थन गर्छौं भने, हामीले कुनै पनि दौड सजीलै जित्न सक्छौं । त्यसैले दुबै मिलेर अन्तिम दौड एकसाथ फेरि दौडने निर्णय गरे, तर यस पटक एक प्रतिस्पर्धीको रूपमा होइन टीमको रूपमा काम गर्ने निर्णय गरे ।

दुबै सुरुको लाइनमा उभिए र तुरुन्तै खरायोले कछुवालाई उठायो र छिटो दगुर्न थाल्यो । दुबै नदीको किनारमा पुगे । अब कछुवाको पालो थियो, कछुवाले खरायोलाई आफ्नो पछाडि बस्न लगायो र दुबै आरामले नदी पार गरे । नदी पार गरी सके पछि फेरि खरायोले कछुवालाई उठाएर अन्तिम रेखा तिर दौडे र सँगै तिनीहरूले रेकर्ड समय मा दौड पूरा गरे । दुबै धेरै खुसी र सन्तुष्ट थिए, आज भन्दा अघि कुनै पनि दौड़ जितेर उनीहरूले यति खुशी महसूस गरेका थिएनन् ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

PHP Code Snippets Powered By : XYZScripts.com