शरीरलाई स्वस्थ र स्फूर्त राख्न कस्तो बानी अपनाउने ?

  • शारीरिक व्यायाम या कडा परिश्रमलगत्तै खाना खाने बानी राम्रो होइन । यसले स्वास्थ्यमा असर पुर्याउन सक्छ । त्यसैले शरीरको सरसफाइ गरिसकेर मात्रै खाना खाने बानी गर्नुपर्छ ।
  • खाना खाँदा जहिले पनि एक–अर्काको विरोधी परिकारबाट जोगिनुपर्छ । जस्तैः दूधसँग माछा खानु हुँदैन । त्यस्तै दही, मही तताएर खानु हुँदैन । कालो दाल र चनाको तरकारी एकैपटक सेवन नगर्ने । चनाको दाल, पापड, परौठा पनि सँगै खाँदा स्वास्थ्यमा हानि हुन सक्छ ।
  • बिहान उठेपछि न्यूनतम एक घण्टा शारीरिक व्यायाम गर्नुपर्छ । यसले मानिसको शरीरलाई चलायमान बनाउँछ । जसले गर्दा दिनभर शरीर स्वस्थ र स्फूर्त हुन्छ ।
  • व्यस्त जीवनशैलीमा धेरै मानिस हरेक समय हतारमा हुने गर्छन् । तर, सकेसम्म हरेक दिन मानिसले शारीरिक व्यायाम गरिसकेपछि नुहाउनु राम्रो मानिन्छ ।
  • धेरैको बानी हुन्छ, रातीमा ढिलो सुत्ने । अहिलेको समयमा ढिलोमा ९ बजे सुतिसक्नुपर्छ । यस्तो बानीले शरीर तथा दिमागलाई पनि स्फूर्त राख्छ ।
  • हामीले बिहान उठ्ने बेलादेखि सुत्ने बेलासम्म गतिविधिलाई धयान दिनुपर्ने हुन्छ ।
  • रातीको खाना सूर्य अस्ताएको दुई घण्टाभित्रमा खानुपर्छ । बिहान र दिउँसोको भन्दा रातीको खाना हलुका भएमा शरीरलाई फाइदा गर्छ ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

PHP Code Snippets Powered By : XYZScripts.com