(रोचक जानकारी) अनौठो स्वीमिङ पुलको मुनि छ पूरै सहर

युएइको दुबईमा संसारको सबैभन्दा गहिरो स्वीमिङ पूल छ । डीप डाइभ दुबई नामक उक्त स्वीमिङ पूलमा पौडी खेल्न चाहनेहरु १ सय ९६ फिट अर्थात् ६० मिटर गहिराइ सम्म जान सक्दछन् । सो गहिराई सम्म पुग्दा पुलमा डुबेकाहरुले एउटा काल्पनिक शहरका अवशेषहरुको आनन्द उठाउन सक्दछन् ।

दुबई सहरबाट झण्डै १५ मिनेटको दूरीमा पर्ने नाद अल शेबा भन्ने ठाउँमा उक्त पुल निर्माण भएको हो । यो स्वीमिङ पूलमा करीब १ करोड ४० लाख लिटर पानी हालिएको छ ।

दुबईको यो ६० मिटर गहिरो स्वीमिङ पूलले किर्तिमान समेत कायम गरेको छ । यस अघि सो किर्तिमानँ पोल्याण्डमा निर्मित ४५ मिटर गहिरो डीप स्पट नामक स्वीमिङ पूलको नाउँमा थियो ।
निश्चित पाहुनाहरुका लागि मात्र खुल्ला गरिएको दुनियाकै सबैभन्दा गहिरो स्वीमिङ पुलमा हलिउडका अभिनेता विल स्मिथले यो स्वीमिङ पूलमा पौडी खेलेका छन् । अगष्ट महिनादेखि भने अन्यलाई पनि खोलिने अनुमान गरिएको। छ ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

PHP Code Snippets Powered By : XYZScripts.com