रोचक जानकारी (यो हो विश्वको सबैभन्दा लामो सिधा बाटो)

दुई वटा सहरलाई जोड्ने १४९ माइल (२४० किमी) लामो सडक, तर एक ठाउँमा पनि बाङ्गिएको छैन भन्ने सुन्दा तपाई पक्कै पनि पत्याउनु हुन्न होला । तर साउदी अरबमा दुई सहरलाई जोड्ने एउटा सडक १४९ माइल दूरीसम्म कतै पनि घुमाउरो वा बाङ्गिएको छैन ।

साउदी अरबको हाइवे १० ९१६ माइल (१ हजार ४७४ किमी) लामो छ । यो सडकले दक्षिण पश्चिमको अल दराब र पूर्वको अल बथालाई जोड्छ । यो सधैँ व्यस्त रहने सडक हो । मालबाहक ट्रकहरु गुडिरहन्छन् । रब अल–खली मरुभूमि भएर गुज्रिने यो सडक १४९ माइलसम्म एक ठाउँमा पनि नबाङ्गिएको सडक भनेर चर्चित छ । यो सडक राजा फहदका लागि निजी सडक भनेर बनाइएको थियो । तर सार्वजनिक सडकको खण्ड बनेयता यो सडकको नाम विश्वको सबैभन्दा लामो सोझो सडकका रूपमा गिनिज बुक अफमा लेखिएको छ ।

यसलाई केहीले विश्वकै सबैभन्दा विरक्त लाग्दो सडक पनि भन्छन् । यो सडक अल बथामा थोरै बाङ्गिएको छ । यो सडक पार गर्न करिब २ घण्टा लाग्ने गिनिज बुकमा उल्लेख गरिएको छ । यसअघि विश्वको सबैभन्दा लामो सिधा बाटे अष्ट्रेलियामा थियो । एयर हाइवेको दूरी ९१ दशमलव १ माइल छ । यो अझै पनि अष्ट्रेलियाको सबैभन्दा लामो सोझो बाटो हो ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

PHP Code Snippets Powered By : XYZScripts.com