वनप्लसले मनसुन बोनान्जा नामक अफर ल्याएको छ । यसअन्तर्गत कम्पनीले आफ्ना स्मार्टफोनमा १७ हजार रुपैयाँसम्म छुट दिने घोषणा गरेको छ ।
‘रेनिङ वन प्लस दिस सिजन’ नारा रहेको यो अफर भोलि ३१ असारदेखि सुरु हुनेछ । अफर अवधिभर ग्राहकले ५३ हजार ९९९ रुपैयाँ पर्ने वनप्लस नोर्ड सीईथ्री फाइभजी स्मार्टफोन मात्र ३६ हजार ९९९ रुपैयाँमा खरिद गर्न सक्नेछन् । यस फोन खरिद गर्ने ग्राहकले १७ हजार रुपैयाँ छुट प्राप्त गर्नेछन् ।
त्यस्तै ४५ हजार ९९९ रुपैयाँ रहेको वनप्लस नोर्ड सीईथ्री लाइट फाइभजी ३४ हजार ५९९ रुपैयाँमा पाउन सक्नेछन् । यसका साथै हालै सार्वजनिक भएको वनप्लस नोर्ड एन ३० एसई पनि १८ हजार ९९९ रुपैयाँमा खरिद गर्न सकिने छ । यसअघि यो फोनको मूल्य २६ हजार ४९९ रुपैयाँ रहेको थियो ।
यसमा ग्राहकले अतिरिक्त २९९ रुपैयाँ तिर्दा एक हजार ९९९ रुपैयाँ पर्ने वनप्लसको ३३ वाटको सुपरभोक एडप्टर पाउन सक्छन् ।