अब बिहान ८ बजेदेखि राति १२ बजेसम्म अनलाइनबाट बिजुलीको बिल तिर्न सकिने

अनलाइन विद्युत महसुल भुक्तानी गर्न दुई घण्टा थप भएको छ । नेपाल विद्युत प्राधिकरणले यस आर्थिक वर्षदेखि बिहान ८ बजेदेखि राति १२ बजेसम्म अनलाइन भुक्तानी गर्न सकिने व्यवस्था लागु गरेको हो ।

प्राधिकरणका उपसचिव रविन्द्रराज श्रेष्ठका अनुसार यसअघि बिहान १० बजेदेखि १२ बजेसम्म अनलाइन भुक्तानी गर्न सकिन्थ्यो । सेवाग्राहीको सहजताका लागि बिहान दुई घण्टा थप गरिएको उनले सुनाए ।

“हामीले बिहान दुई घण्टा थप गरेका छौं,” टेकपानासँग श्रेष्ठले भने, “अब ८ बजेदेखि नै भुक्तानी गर्न सकिन्छ ।”

श्रेष्ठका अनुसार प्राधिकरणको सिस्टम केन्द्रीकृत नभएकाले अनलाइन भुक्तानीमा समय सीमा राखिएको छ । उपभोक्ताले २४ सैं घण्टा अनलाइनबाटै भुक्तानी गर्न सकिने गरी प्राधिकरणले काम गरिरहेको उनले सुनाए ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

PHP Code Snippets Powered By : XYZScripts.com