प्रेरक कथा (राष्ट्रभक्ति)

एकपटक स्वामी विवेकानन्द जापान भ्रमणको क्रममा थिए । त्यहाँ रहदा उनी जापान पसलबाट केही स्याउहरु किनेर फर्किनै लाग्दा एउटा सानो केटो अगाडी उभिन्छ र भन्छ, त्यो स्याउ मलाई दिनुस्, म सँग धेरै पैसा त छैन तर पनि म तपाईलाई परेको मोल चुकाउछु । केटाको कुरा सुनेर विवेकानन्दले आश्चर्य मान्दै सोधेछन् किन वावु ? केटोको जवाफ दिएछ, त्यो साहुजीले स्याउ हाल्दा केही बिग्रिएको स्याउ पनि हालेको छ, तपाई हाम्रो देशको पाहुना हो,भोली तपाई आफ्नो देश गएर भन्नुहुनेछ कि जापानीहरु ठग हुँदोरहेछन् । म यसो हुनु दिन्न , यसैले कृपया त्यो स्याउ मलाई बेच्नुहोस् । विवेकान्दले भने , होइन वावु म त्यसो भन्ने छैन ,बरु भन्नेछु जापानका साना बच्चाहरु समेत राष्ट्रभक्त हुदाँरहेछन् ।।।।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

PHP Code Snippets Powered By : XYZScripts.com