कवि लेखनाथ पौड्याल नेपाली साहित्यका छन्दोबद्ध कवि तथा नेपाली साहित्यको परिष्कारवादी धाराका थालनीकर्ता थिए । उनलाई आधुनिक युगको जन्मदाता, आध्यात्मिक पुनर्जागरण ल्याउने तथा आध्यात्मिक मानवता वादी कविका रुपमा नेपाली साहित्यमा चिनिन्छ । २००८ सालमा पौड्याललाई कविशिरोमणिको उपाधि दिइएको थियो ।
बाल्यकाल
लेखनाथको जन्म बाबू दुर्गादत्त र आमा वसुन्धरा पौड्यालको जेठा छोराको रुपम वि.स. १९४१ पौष शुक्ल एकादशीको दिनमा भयो । ५ वर्षको उमेर पुगेपछि मात्र उनको अक्षर सिक्ने प्रक्रिया अघि बढ्यो । उनले घरैमा प्रारम्भिक शिक्षा प्राप्त गरेका थिए ।उनले आफु साहित्यलेखनमा लाग्न पितृप्रसादको सहयोग लिन खोज्दा उनीबाट उल्टै हप्काइ खाएका थिए, त्यही ईख र दधिराम मरासिनीको स्नेह, सहयोग र सद्भावनाले उनले काव्य सृजनाको लेखनविन्दूमा उनलाई पुयाएको मानिन्छ ।
साहित्यक यात्रा
कवि शिरोमणि लेखनाथ पौड्यालको कविता यात्राको प्रारम्भ वि.सं. १९६१ सालमा प्रकाशित कविता कल्पद्रुम मा सङ्गहित उनका दुई कविताबाट भएको पाइन्छ । १९६९ मा प्रकाशित लालित्य भित्र सङ्गहित कविताले उनको प्रतिभालाई नेपाली समाजले अझ राम्ररी बुझ्ने र जान्ने मौका प्रदान भयो ।
२००८ साल असार २९ गते पौड्याललाई राजा त्रिभुवनले कविशिरोमणिको पद र मासिक दुई सय रुपियाँ आजीवन भत्ता प्रदान गरेका थिए । वि सं २०११ सालमा नेपाली शिक्षा परिषद्को आयोजनामा, पौड्यालकै शुभजन्मोत्सवको उपलक्ष्यमा, उनलाई रथमा राखेर उनको शो भायात्रासहित नागरिक, अभिनन्दन गरिएको थियो ।
कवि शिरोमणि लेखनाथ पौड्याल (जीवनी)