भाग–५
१३.पृथ्वी आफ्नो अक्षमा झुकेको बेग्लाबेग्लै ठाउँहरुमा वर्षभरि सूर्यको किरणको मात्रा बेग्लाबेग्लै हुन्छ । त्यसैले त्यहाँको मौसम पनि परिवर्तन भई रहन्छ ।
१४. पृथ्वीले लगभग ४०,००० वर्षमा आफ्नो धुरीको झुकावमा २० देखि २५ डिग्रीको बिचमा परिवर्तन गर्छ । अर्थात् यस साइकल (चक्र) पछि पृथ्वीको बेग्ला बेग्लै भागहरुमा मौसमको अवधि परिवर्तन हुन्छ ।
१५. पृथ्वी देखि १०० कि.मी. माथि कुनै जीवन छैन ।
१६. पृथ्वीमा पानी पछि सबै भन्दा महत्वपूर्ण वस्तु वायुमण्डल हो ।
१७. वायुमण्डलमा जीवनका लागि आवश्यक अक्सिजन मात्र हुँदैन। बरु यसले हामीलाई हानिकारक पराबैगनी किरणहरुबाट पनि बचाउँछ ।
१८. वायुमण्डलले नै त्यो प्रेसर बनाउँछ, जसले गर्दा पानी लिक्विड स्टेटमा पृथ्वीमा रहन्छ ।